राजनीति

कानून व्यवसायीले भोलि बहस नगर्ने


काठमाडौँ – नेपला बार एशोसियसनले शुक्रबार कुनै पनि खालको बहस नगर्ने निष्कर्ष निकालेको छ । आज सर्वाेच्च कानून व्यवसायीमाथि प्रहरीले गरेको हस्तक्षेपका कारण यस्तो निर्णय गर्नु परेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए । प्रहरीले गरेको हस्तक्षेपको विरोधमा भोलि कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

बारका उपाध्यक्ष बस्यालका अनुसार प्रहरीले सर्वाेच्च अदालत परिसरभित्र वकिलहरुमाथि गरेको हस्तक्षेपको विरोधमा भोली बहस गर्ने निर्णय गरेका हो । उपाध्यक्ष बस्यालले भनिन् “सर्वोच्च अदालतका कुनै पनि इजलासमा भोलि सहभागी हुने छैनौँ, । २८–३० देशभर अदालत परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।”

त्यस्तै उपत्यकाका सबै अदालतमा हरेक दिन १२ बजेपछिमात्रै इजलास राख्न बारले आग्रह गरेको छ ।

सर्वाेच्चभित्रै वकिल र प्रहरीबीच बल प्रयोग