राजनीति

मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन


काठमाडौँ – दुई साताको अन्तरालमा नै जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । आज बिहान पृथ्वीनारायण क्याम्पस परिसरमा अनेरास्ववियुले पेट्रोलियम पदार्थ महँगीको विरोधमा प्रदर्शन गर्दै पुतला दहन गरेको हो ।

अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसहित मन्त्रीको अभिव्यक्ति र महँगीले जनता मारमा परेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन र पुतला दहन गरिएको जानकारी दिए । पौडेलकै नेतृत्वमा अनेरास्ववियु कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।