राजनीति

सर्वाेच्चभित्रै वकिल र प्रहरीबीच बल प्रयोग


काठमाडौँ – कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच ठेलम्ठेल भएको छ । कानून व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि अदालत परिसरभित्रै हुलदंगा भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामाको माग गर्दै प्रदर्शन गरिरहेका कानून व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोजेपछि प्रहरीले त्यसमा हस्तक्षेप गरी बल प्रयोग गरेको वकिलहरुको गुनासो छ । यसै क्रममा उनीहरुबीच धकेलाधकेल भएको हो । प्रहरीले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनार्इ उनीहरुको छ । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् । यो सबै घटना केही न्यायाधीश र सर्वाेच्चका कर्मचारीले भने बालकोनीबाट नियाँली रहेका थिए ।