राजनीति

राष्ट्रपतिद्वारा जनगणनामा सक्रिय सहभागिता जनाउन आह्वान


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली लगायतले जनजणना सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभएको छ । शुभकामना सन्देश दिँदै उहाँहरूले जनगणना सफल पार्न आह्वान गर्नुभएको हो ।

‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२औँ राष्ट्रिय जनजणना शुरु हुने भएको हो । बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिएको छ । संघीयतापछिको पहिलो जनगणना मंसिर ९ गतेसम्म हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । गणनाका लागि विभागले ४० हजार गणक खटाएको छ । नागरिकलाई ८० प्रश्न सोधिने छ । जनगणनामा चार अर्ब खर्च हुने अनुमान गरिएको छ । अनिवार्य रुपमा जनगणनामा सहभागी हुन विभागले अपिल गरेको छ ।