राजनीति

पूर्वराजा ज्ञानेन्द्रमाथि देउवाको आक्रमण, पुरानो रिस पोखे, खुलमखुल्ला चुनाव लड्न चुनौति (भिडियोसहितंं)


काठमाडौँ – गणतन्त्र स्थापनाको झण्डै डेढ दशकपछि मुलुकमा पुनः राजतन्त्र लक्षित गतिविधि देखिन थालेका छन् । जसलाई आधार बनाएर राजनीतिक दलका शीर्ष नेताहरु समेत झस्कीन्छन् । उस्तै गरि झस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौति नै दिएका छन् ।

पूर्वराजा लक्षित अभिव्यक्तिका कारण बेलाबेला राजनीतिक दलका शीर्षस्थ नेता चर्चा र विवादमा आइरहन्छन् । उस्तै खाले अभिव्यक्ति बुधबार नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाले प्रतिस्पर्धाको खुल्ला मैदानमा आमन्त्रण गर्दै शासन गर्ने रहर भएचुनाव लडेर आउन चुनौति दिएका हुन् ।

कुनैबेला पूर्वराजा ज्ञानेन्द्र शाहले असक्षम उपाधी दिएर देउवाबाट शासन सत्ता हातमा लिएका थिए । पछि राजालाई नागार्जुन खेदेर संविधानसभाले नेपालमा गणतन्त्र घोषणा ग¥यो । त्यसयता देउवा धेरैपटक शासन सत्तामा छन् । तर निरन्तर असफल । त्यसैले पूर्वराजाले दिएको असक्षमको उपाधीले देउवालाई अहिलेसम्म काम गरिरहेको भनेर बेलाबेला चर्चा र ब्यङय हुने गरेको छ । पछिल्लो समय राजतन्त्र पुनःस्थापनाको नारा पुनः घन्कीन थालेपछि नेताहरु झस्कीने र पूर्वराजा लक्षित अभिव्यक्ति दिने गरेका छन् ।

फलतः प्रधानमन्त्री देउवाले समेत बुधबार पूर्वराजा शाह वर्तमान व्यवस्थाकाविरुद्ध लागेको भन्दै प्रजातन्त्रको विकल्प प्रजातन्त्र भएकाले व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका हुन् । तर नेताहरुले भनेजस्तै व्यवस्था विरोधी गतिविधिमा पूर्वराजाको सक्रियता उल्लेख देखिएको छैन । जनताकै करबाट पूर्वराजाको हैसियतमा सेवा सुविधा लिएपछि पूर्वराजालाई व्यवस्थाका विरुद्ध बोल्न छुट नहुने विश्लेषकहरु बताउँछन् ।तथापी राजतन्त्र पुनःस्थापनाको चर्चालाई वर्तमानमा कुनै आधारले साथ नदिइरहेको भन्दै नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाएर निरन्तर अभिव्यक्ति दिनुलाई चासोका साथ हेरिएको छ ।

पूर्वराजालाई निशाना बनाएर सबैभन्दा धेरै आक्रामक बन्ने अर्का पात्र हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । ढुक्क भएर बस्न सकिने अवस्था नरहेको बताउने प्रचण्ड संघीयता र गणतन्त्र खतरामा परेको भन्दै बेलाबेला पूर्वराजा लक्षित प्रहार गरिरहन्छन् । त्यसलाई मलजल हुनेगरि पूर्वराजा ज्ञानेन्द्रले एकपटक फेरि देशलाई सक्रिय एवं नेतृत्वदायी भूमिका दिन खोजेको संकेत दिनेगरि दशैको उपलक्ष्यमा एक भिडियो सन्देश जारी गरेका थिए ।

जसमा राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनभन्ने निष्कर्ष निकालिएको थियो । त्यसैलाई आधार बनाएर अहिलेसम्म गुपचुप नै बसिरहेका पूर्वराजा अब बोल्ने तयारीमा रहेको विश्लेषण पनि भएका थिए ।फलतः पछिल्लो समय राजनीतिक नेतृत्वमाथि चुलिदै गएको अविश्वास र उनीहरुकै कमजोरीका कारण व्यवस्थामाथि प्रश्न उठिरहेका बेला पूर्वराजालाई सम्झिएर नेताहरु बर्बराउने तहमा पुगेको देखिन्छ ।