राजनीति

चौतर्फी घेराबन्दीमा प्रचण्ड, ओली जसरी पनि सिध्याउन चाहन्छन् (भिडियोसहित)


काठमाडौँ – २०५२ सालमा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्दा यसका सर्वाेच्च कमाण्डर थिए पुष्पकमल दाहाल प्रचण्ड । उनलाई आर्दश मानेर जनयुद्धमा होमिएकाहरु सर्वहराका नेता भनेर सम्मान गर्थे । उनै प्रचण्डलाई अहिले राष्ट्रिय समस्याका रुपमा अथ्र्याउन थालिएको छ ।

कुनै बेला नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालामाथि परिवारवाद भित्र्याएको आरोप लाग्ने गथ्र्यो । अहिले त्यो आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सरेको छ । आफ्नो सचिवालयदेखि राजनीतिक नियुक्तिसम्म आफ्नै परिवारलाई हाबी बनाएको भन्दै उनको आलोचना हुन्छ ।

त्यतिमात्रै होइन, सरकार ढाल्ने र बनाउने खेलमा समेत निर्णायक बन्दै आएका प्रचण्डका कारण अस्थिरता मच्चीएको भन्दै उनलाई राष्ट्रिय समस्याका रुपमा चित्रित गर्न थालिएको छ । प्रचण्ड राष्ट्रिय समस्या हुन् भनेर देखाउन खोज्ने र प्रमाणित गर्न हरसम्भव प्रयास गरिरहेका एक पात्र हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । कुनैबेला प्रचण्डसंग पार्टी एकता नै गरेर ५० बर्ष देशमा शासन गर्ने दाबी गरेका ओली तीन बर्षमै नेकपा विभाजन भएपछि प्रचण्डलाई राष्ट्रिय समस्याको रुपमा देखाउँदै आएका छन् ।

वितेको डेढ दशकमा प्रचण्ड सरकार ढाल्ने र बनाउने खेलमा पनि निर्णायक छन् । पछिल्लो पटक प्रचण्ड नियतीको मार ओलीले ब्यहोरेका छन् । प्रचण्डले चाहे हरहालतमा सरकार बन्ने र ढल्ने परम्परा नै बसेको छ । अधिकांश समय आफ्नै स्वार्थ र कहिलेकाही आफुमाथि पर्न भएपनि अरुलाई सत्तामा ल्याउन प्रचण्डको भूमिका अह्म देखिदै आएको छ । यसैकारण पनि उनलाई राष्ट्रिय समस्या मानिएको हो । तर माओवादी नेताहरु यो स्वीकार्दैनन् । बरु देशी विदेशी शक्तिहरु लागेर प्रचण्डलाई मदन भण्डारीकै अवस्थामा पु¥याउन खोजेको दाबी गर्छन ।

प्रचण्डकै योगदान स्वरुप मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सफल भएको थियो । समानुपातिक समावेशिता लागु गर्दा उत्पीडनमा परेका वर्गहरुले राज्यमा प्रतिनिधित्व गर्न पाएका छन् । तर चरम सत्ता भोगले प्रचण्डलाई पतनको बाटोमा पु¥याएको कुरा पनि नकार्न मिल्दैन । २०६४ पछि निरन्तर पहिलो पार्टी हुँदा सत्तामा, दोस्रो पार्टी हुँदा पनि सत्तामा, तेस्रो पार्टी हुँदा पनि सत्तामै जानुपर्ने प्रचण्डको चरम सत्ताभोगले उपलब्धीलाई पनि फिक्का बनाउन पुग्यो । जतिबेला अवसर आइपर्छ मौका छोपेर सत्तामा कुदिहाल्ने चरित्रकै कारण आज प्रचण्डप्रतिको नकारात्मक्ता बढेको विश्लेषकहरुको दाबी छ ।

यो डेढ दशकमा सरकारमा सहभागी हुनुमात्रै प्रचण्डको लक्ष्य जस्तो देखिएको छ । सत्तामा पुग्नु र जानु नौलो कुरा नहोला । तर सत्तामा जाने अवसर प्राप्त भएर पनि काम गर्न नसक्नु भने दुर्भाग्य हो । जनयुद्धकालिन सहयात्रीहरु छिन्नभिन्न बनेका छन् । यसैकारण पार्टी अहिले अस्तित्व रक्षाको तहमा छन् । फलतः विचार–सिदान्त भन्दा फरक रहेका पार्टीसंग पनि सहकार्य गर्ने बाध्यतामा प्रचण्ड छन् । जुन माओवादीले पटकपटक ब्यहोर्दै आएको छ । फलतः अहिले सम्पूर्ण पंक्तिले प्रचण्डमाथि राजनीतिक नैतिकताको प्रश्न उठाइरहेको छ ।