प्रवास

भारतको राजस्थानमा निजी बस र ट्रक एकआपसमा जुध्दा ११ जनाको मृत्यु


काठमाडौँ – भारतको राजस्थानस्थित जोधपुर नेशनल हाइवेमा निजी बस र ट्रक एकआपसमा जुध्दा ११ जनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार बस र ट्रक ठक्कर खाँदा बसमा आगलागी भएको र मानिस बाहिर निस्कन नपाउँदा ११ जनाको ज्यान गएको हो ।

घटनामा घाइते भएकाको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई आर्थिक सहायताको घोषणा गरेका छन् ।