राजनीति

न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्छ : देव गुरुङ


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताउनुभयो ।

उहाँले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरु आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यता अनुसार त्यही भित्रबाट निकास खोज्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता खगराज अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने विषयमा एमालेले छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

नेपाली कांग्रेसकी नेतृ तथा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले न्यायालयलाई विवादमा पार्न नहुने बताउनुभयो ।