राजनीति

मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने हुनुभएको छ । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राइले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जानकारी दियो ।