देश

महाधिवेशनको कार्यतालिका परिवर्तन नहुने सिटौलाको भनाई


काठमाडौँ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताउनु भएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गर्नु भयो । उहाँले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।