विदेश

नोबेल पुरस्कार विजेता मलाला बाधिन् विवाह सम्बन्धमा


काठमाडौँ – पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छन् । मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छन् ।

‘आज मेरो जीवनको विशेष दिन हो । असर र म बैबाहिक बन्धनमा बाँधिएका छौं,’ ट्विटरमा उनले लेखेकी छन् । उनले असरसँग विवाह गरेको चार ओटा तस्विरसमेत पोस्ट गरेकी छन् ।

मलालालाई सन् २०१२ मा तालिवान लडाकुहरुले विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भीर घाइते भएकी उनको बेलायतमा लामो समय उपचार भएको थियो ।