विदेश

बेलारुस आप्रवासी संकटको मुख्य योजनाकार रुसी राष्ट्रपति पुटिन


काठमाडौँ – पोल्याण्डका प्रधानमन्त्रीले आफ्नो देशको बेलारुससँगको सीमामा उत्पन्न आप्रवासी संकटको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री माटयुसले पुटिनका निकट साझेदार बेलारुसी राष्ट्रपति एलेक्जेन्डरले संकट सिर्जना गराएको तर, त्यसको मुख्य योजनाकार पुटिन भएको दाबी गरेका छन् ।

ब्रशेल्स र वार्साले युरोपेली संघले बेलारुसमाथि प्रतिबन्ध लगाएपछि गैरकानुनी आप्रवासीहरूलाई हतियारका रूपमा प्रयोग गरेको आरोप उनको छ । बेलारुसी नेता एलेक्जेन्डरले युरोपेली संघको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पठाइएका भन्ने आरोपलाई अस्वीकार गरेका छन् । तर, बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने चेतावनी दिएका छन् ।