खेलकुद

विश्वकपको पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


काठमाडौँ – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै छन् । अबुधाबीमा हुने पहिलो सेमिफाइनल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

इङ्ल्याण्ड समूह १ को विजेता र न्युजिल्याण्ड समूह २ को उपविजेताको रुपमा सेमिफाइनल पुगेका हुन् । इङ्ल्याण्डले जारी टी–ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको छ । उसले ठुला टिमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्याण्डले समूह चरणमा पाकिस्तानबाहेका टिमलाई हराएको थियो ।

इङ्ल्याण्डले यसअघि टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर, न्युजिल्याण्डले भने अहिलेसम्म विश्वकपको उपाधि हात पारेको छैन । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।