राजनीति

भारतका राष्ट्रपतिले प्रधानसेनापति शर्मालाई आज मानार्थ सेनाध्यक्षको सम्मान गर्दै



काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदावधिबाट आज सम्मान गर्दै हुनुहुन्छ ।

प्रधानसेनापति शर्मालाई राष्ट्रपति भवनमा आज अपराह्न मानार्थ सेनाध्यक्षको सम्मान गरिने कार्यक्रम छ । सोही प्रयोजनका लागि सेनापति शर्मा भारतमा रहनुभएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

प्रधानसेनापति शर्माले भारतमा रहँदा उच्चस्तरीय भेटवार्ता समेत गर्नुहुने छ । प्रधानसेनापति शर्मा नेतृत्वको ९ सदस्यीय टोली कात्तिक २६ गते स्वदेश फर्कने छ ।