राजनीति

राष्ट्रिय सम्मेलन काठमाडौँमै गर्ने माओवादीको निर्णय


काठमाडौँ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ भने प्रदेश पदाधिकारीहरुको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।