राजनीति

सर्वोच्चमा विवाद : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेपछि न्यायाधीशहरु इजलासमा बसेनन्


काठमाडौँ — आन्दोलनरत न्यायाधीशसँगको सहमति विपरीत सर्वोच्च अदालतलाई नियमित काममा फर्काउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास विफल भएको छ ।

आफ्नो राजीनामा मागेर आन्दोलनरत १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गरेका थिए ।

यसअघि सहमति अनुसार बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्र पेशी तोकेका प्रधानन्यायाधीश जबराले मंगलबार भने नियमित ढंगले इजलास तोकेपछि न्यायाधीशहरु इजलासमा नबसेका हुन् ।