समाचार

काठमाडौँ – सुनसरीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


काठमाडौँ – सुनसरीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईमाथि आफ्नै ३४ वर्षीया श्रीमती छुङ्कु मगर ९राई० को कुटपिट गरी हत्या गरेको आरोप छ।

महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी मगरको धरानस्थित घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।