राजनीति

नेपाल बारका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका प्रहरी नियन्त्रणमा



काठमाडौँ – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार रामशाहपथस्थित एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनीहरूलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। प्रहरीले उनीहरूलाई एशोसिएसनको गेटबाटै पक्राउ गरेको हो।

बार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छ। आन्दोलनै विरोधमा उनीहरूले मुद्दाको सुनुवाइ माग गर्दै प्रदर्शन गरेका थिए।