समाचार

स्रोत नखुलेको ठूलो रकमसहित वीरगन्जबाट एक युवक पक्राउ


काठमाडौँ – अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई स्रोत नखुलेको ठूलो रकमसहित वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन ।

उनको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरीले जानकारी दिएको छ ।

साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।