काठमाडौँ –अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई गम्भीर रुपमा नलिएको भन्दै चीन र रुसको आलोचना गरेका छन् ।
स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ लाई सम्बोधन गर्दै ओबामाले चीन र रुसका नेता सम्मेलनमा सहभागी नहुनु राम्रो नभएको बताएका हुन् । उनले उत्सर्जन कटौतिमा चीन र रुसको कमजोर प्रतिवद्धता हितकर नरहेको पनि बताएका छन् ।
जलवायु परिवर्तनसँग जुध्नका लागि विश्व समुदाय एक हुनुपर्ने र आफ्ना प्रयासहरुलाई बिस्तार गर्दै लैजानुपर्नेमा ओबामाले जोड दिएका छन् ।
प्रतिक्रिया