समाचार

सवारी दुर्घटनामा एक जनाको मृत्यु


काठमाडौँ – सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट मनहरितर्फ जाँदै गरेको वाग्मती प्रदेश ३००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएका मोटरसाइकल चालकको सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले उनको खोजतलास भइरहेको छ ।

मृतक पुरुषको उमेर अन्दाजी ३०÷३२ वर्ष रहेको अनुमान गरिएको छ ।