खेलकुद

नामिवियामाथि भारतको शानदार जित


काठमाडौँ –आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नामिवियामाथि शानदार जित दर्ता गरेको छ ।

सुपर १२ को समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो । १ सय ३३ रनको लक्ष्य भारतले एक विकेट गुमाएर १५ दशमलब २ ओभरमा पुरा गरेको हो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे ।

सेमिफाइनल दौडबाट बाहिरिसकेका कारण भारत र नामिविया दुबैका लागि यो खेल केवल औपचारिकतामा मात्र सिमित भएको थियो । प्रतियोगिता अन्तर्गत सुपर १२ मा भारतले तीन खेलमा र नामिवियाले एक खेलमा जित दर्ता गरेको छ ।