विदेश

भारतमा जिका भाइरसको संक्रमण, नेपालमा पनि जोखिम



काठमाडौँ – भारतको उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण देखिएको छ । उत्तर प्रदेशको सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा १७ जना बालबालिकासहित कम्तीमा ८९ जनामा जिका भाइरसको संक्रमण देखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पछिल्ला दिनमा संक्रमण बढ्दो क्रममा रहेको खबरमा उल्लेख छ ।

अहिले कानपुरपछि उत्तर प्रदेशमा संक्रमण देखिनु डरलाग्दो विषय भएको भन्दै स्वास्थ्य अधिकारीहरूले प्रकोपको निगरानी गर्न र फैलावट रोक्न टोली गठन गरेको बताएका छन् । उत्तर प्रदेशमा संक्रमण देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ ।

स्वास्थ्य विज्ञहरू जिका संक्रमण नेपाल जहिल्यै पनि जिकालगायत अरु संक्रामक रोग भित्रन सक्ने उच्च सम्भावना रहेको बताउने गरेका छन् ।

लामखुट्टेको टोकाइ र यौन सम्पर्कबाट सर्ने यो भाइरस मानिसको दिमाग खुम्चने र रोग प्रतिरक्षा प्रणाली कमजोर हुने विषयसँग जोडिएको हुन्छ ।