राजनीति

प्रधानन्यायाधीशको प्रस्तावबारे के भन्छ बार ? (भिडियोसहित)


काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहितको इजलास तोकेपछि न्यायाधीशहरु र नेपाल बार एसोसियसन थप रुष्ट बनेको छ । उनीहरुले जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगणमा सोमबार पनि धर्ना तथा विरोध कार्यक्रम आयोजना गरेको छ । धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताइन् । उनले प्रधानन्यायाधिश जबरालाई अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे । उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए ।

नेपाल बार एशोसिएशनका पूर्व केन्द्रिय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दावी समेत गरे ।

त्यसो त प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमन चाहेको भन्दै तीन महनिापछि विदामा बस्ने र चार महिनापछि राजीनामा दिने प्रस्ताव न्यायाधीशहरुसमक्ष राखेका छन् । सो प्रस्तावबारे न्यायाधीशहरु र बार एसोसियसन छलफलमा छन् । उद्दपी बारले प्रधानन्यायाधीशसँग ठोश सहमति नभएसम्म या राजीनामा नआएसम्म सर्वोच्च अदालतको प्राङगणमा धर्ना कार्यक्रम जारी राख्ने बताएको छ ।