राजनीति

शीर्ष नेताहरु एक–अर्कालाई खुल्याउन व्यस्थ, छैनन् राजनीतिक एजेण्डा (भिडियोसहित)


काठमाडौँ — आगामी निर्वाचनमा जसरी पनि पार्टीलाई ठुलो शक्ति बनाउने लक्षका साथ राजनीतिक दलका नेताहरु संगठन विस्तार र पार्टी पुर्नसंरचनामा सक्रिय छन् । अन्य कुनै राजनीतिक एजेन्डा नेताहरुसँग नहुँदा पछिल्लो समय उनीहरुै एकले अर्कालाई खुल्याउन व्यस्त छन । फलत पछिल्लो समय राजनीतिक मन्च वैचारिक मतभिन्नता भन्दा पनि व्यक्तिगत प्रतिशोध पोख्ने थलो बनेको छ ।

मुलुक राजनीतिक संक्रमणबाट ग्रस्त छ । राज्य सञ्चालनको तीन वटै अंग कार्यपालिका न्यायपालिका व्यवस्थापिका लथालिङ्ग अवस्थामा छ । राजनीतिक दल र दलका शीर्ष नेताहरुमा मुलुकको यो अवस्थाप्रति लज्जाबोध हुनको सट्टा एकले अर्कालाई दोष दिँदै आफु चोखो बन्ने होड नै चलेको छ । कुनै समय एउटै पार्टीमा रहेर विकास र समृद्धिको सपना बाँडेका नेताहरु अहिले तल्लो स्तरको गाली गलौजमा र घोचपेच गर्नमा व्यस्त छन ।

अझ पछिल्लो समय नेताहरु राजनीतिक एजेन्डा विहिन हुँदा एक–अर्काको व्यक्तिगत जीवनमा नै घुसेर आक्रमण गर्न थालेका छन । यो मामलामा एमाले अध्यक्ष के.पी शर्मा ओली, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्र पंतिmमा छन ।

शीर्ष नेताहरु सार्वजनिक मञ्चहरु एक–अर्कालाई गाली गरेर कार्यकर्ताको ताली खाने थलो बनाउने गरेका छन् । आइतबार एमाले अध्यक्ष ओलीको एक अभिव्यतिm जसपाका संघिय अध्यक्ष बाबुराम भट्टराई र छारी मानुषीसम्म पुगेको छ । मुलुक विकास गर्न चुनेर पठाएका नेताहरुको यो राजनीतिक शैलीप्रति नागरिक आजित भइसकेका छन ।

पछिल्लो समय पार्टीका कार्यक्रम हुने सार्वजनिक मञ्चहरु आफ्नो पदीय मर्यादा समेत ख्याल नगरी एक–अर्कालाई व्यक्तिगत तथा पारिवारिक रुपमा खुल्याउने थलो बनेको छ । नेताहरुको पछिल्लो अभिव्यक्ति एकले अर्काको वेइजत गर्ने राजनीतिक शैली नागरिकलाई भ्रममा पार्न रचेको खेल भएको कतिपयको बुझाई छ ।

राजनीतिप्रति धेरैको वितृष्णा छ । राजनीति फोहोरी खेल हो भन्ने वाक्य धेरै पुरानो हो । यो भनाई नेताहरुले चरितार्थ गर्दै लगेका छन । राजनीतिक संस्कृति नभएका नेताहरुको यो अभिव्यक्ति नौलो नभएको विश्लेषकहरुको बुझाई छ । सृजनात्मक आलोचना गर्न सक्ने हैसियत नेपाली नेताहरुमा नहुँदा परिणामको रुपमा लिनुपर्ने कतिपयको विश्लेष छ ।

नेताहरु मुलुक र नागरिकको हितका बारेमा पक्ष र प्रतिपक्षमा उभिएर खबरदारी गर्न छाडेर आफ्नै समकक्षीको व्यक्तिगत कमजोरी कोटयाएर वा लाञ्छना लगाएरै भए पनि कार्यकर्ताको ताली खान लालायित छन ।

मुलुकको विकास र नागरिकको अपेक्षा पुरा गर्न सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा क्षणिक लाभ र खुशीका लागि आफु राम्रो अरु नराम्रो प्रमाणित गर्न लागि परेका छन । कार्यकर्ताहरु झिनो मसिनो व्यक्तिगत लाभका लागि भए पनि ताली बजाउन उद्धत छन । यसले मुलुकको राजनीतिक भविष्य संकटतर्फ धकेलिरहेको छ । यसतर्फ सबैको चासो र ध्यानकर्षण हुने हो की ।