राजनीति

नेपालको बिजुली सस्तोमा किन्दैछ भारत, किन्ने महंगोमा बेच्ने सस्तोमा (भिडियोसहित)


काठमाडौँ — नेपालले भारतको खुला बजारमा बिजुली बेच्न स्वीकृति पाएको विषय यती बेला चर्चामा छ । केही वर्षअघिसम्मको चरम लोडसेडिङ सम्झिँदा यो प्रगति सानो होइन । तर सस्तोमा विजुली बेच्नुभन्दा नेपालमा नै खपत बढाउनु पर्ने विज्ञले तर्क गरेका छन । नेपालले उत्पादन गरेको बिजुली आफैंले खपत गर्ने रणनीति बनाउने हो वा सस्तोमा बिजुली निकासी गरेर महँगोमा भारतीय उत्पादन किन्ने हो ? भन्दै उनिहरुले प्रश्न समेत गरेका छन ।

कार्तिक १६ गते नेपालले भारतीय ऊर्जा बजारमा विद्युत् निर्यात गर्न अनुमति पायो । सोअनुसार नेपालले नुवाकोटको त्रिशुली र देवीघाट विद्युत्गृहबाट उत्पादित कुल ३९ मेगावाट विद्युत् भारत निर्यात गरेको छ । भारतीय बजारमा विद्युत् निर्यातको यो सुरुवातलाई नेपालका सत्तारुढ दलहरूले ठूलै उपलब्धिको रूपमा चर्चा गरे । उनीहरूको शब्दमा अब नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा बेचेर नेपाल धनी बन्नेछ । तर, नेपालीलाई चाहि १२ रुपैया प्रतीयुनिट भन्दा बढीमा बेचेको विजुली भारत निर्यातमा भने भारतीय बजारले नै निर्धारण गर्ने भने पछि बहसको विषय बनेको छ ।

भारतको बजारमा ९६ वटा ब्लक छन् । दिनमा ९६ वटा नै रेट हुन्छ । त्यो दर १५÷१५ मिनेटको समयमा परिवर्तन भइरहन्छ । त्यसोत नेपालले बेचेको विजुली पहिलो दिन ४ रुपैयाको आसपासमा मात्रै छ । छिमेकीमुलुक चीन र भारत मात्रै होइन, बेलायत, नर्वेलगायतका मुलुकहरूले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधनको प्रयोगलाई अनिवार्य गर्न थालीसकेका छन् । तर जलस्रोतको धनी देश नेपालमा भने विद्युतीय सामाग्री प्रयोग गर्न खासै ध्यान नदिएको विज्ञको आरोप छ । नेपालमै विद्युत खपत बढाउन सके विदेश निर्यात गरेर भन्दा बढि आर्थित लाभ हुने उनीहरुको तर्क छ ।

नेपालको समृद्धि भारतमा विद्युत् निर्यात गरेरमात्र सम्भव नरहेको कतिपयको बुझाइ छ । कच्चापदार्थ प्रयोग गरेर सामान बनाए त्यसले थप आम्दानी दिने भएको कारण सस्तोमा विजुली निर्यात गरेर भन्दा यहि उपभोग गरेर समान निर्यात गर्न सके अर्थतन्त्र मजबुत हुने विज्ञको धारणा छ । नेपालको प्रतिव्यक्ति बिजुली खपत हाल थोरै भएका कारण जलविद्युत क्षमता धेरै देखिए पनि हाल उत्पादित विजुली यहि खपत गर्न प्रोत्साहन गरीनु पर्ने जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधान बताउछन ।

यता उर्जा मन्त्री पम्फा भुसाल भने भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्री गरेर देशको व्यापार घाटा कम गर्ने बताउदै आएकी छिन । भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेकोले अव नेपालमा आर्थिक विकास हुने उनको भनाइ छ ।

नेपालका उद्योग कलकारखानाको मागअनुसारको विद्युत् अझै आपूर्ति हुन नसकेको र नयाँ उद्योगहरूलाई विद्युत् आपूर्ति सुनिश्चित हुन नसकेको अवस्थामा नेपालले भारतलाई सस्तो मूल्यमा विद्युत् बेच्नुभन्दा देशको उत्पादनमूलक अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ । तर, सरकारले देशको दिगो आर्थिक विकासभन्दा भारतीय शासक वर्गलाई खुसी बनाउनुमा नै फाइदा देखेका छन् । त्यसकारण, ३९ मेगावाट निर्यात गरेकोमा मन्त्री र नेताहरू मख्ख छन् ।