राजनीति

एमाले छाडेर जानेले आगामी चुनावमा जमानत जोगाउन सक्दैनन् : अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् ।

सोमबार नेकपा एमाले मोरङले विराटनगरमा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा ९एकीकृत समाजवादी० पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’