राजनीति

समाजवादीका सम्मानित नेता खनाल उपचारपछि पार्टीको काममा फर्किए


काठमाडौँ – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टी काममा फर्किनुभएको छ । स्वास्थ्य उपचारपछि खनाल सोमबारदेखि पार्टीको काममा फर्किनुभएको हो ।

उहाँले सोमबार पार्टी कार्यालय आलोकनगर पुगेर पार्टीको विदेश विभागको बैठक राख्नुभएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित हुनु भई उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो ।’

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उहाँ घरमै आराम गरेर बसिरहनुभएको थियो ।