काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तिहार पछिको पहिलो कारोबारको दिन सोमबार दोहोरो अंकको गिरावट भएको छ । नेप्से सोमबार १९ दशमलव २० अंकले घटेर दुई हजार ८ सय २९ दशमलब ६५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् ।
आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
प्रतिक्रिया