राजनीति

अदालत आफ्नै परमादेशका कारण विवादमा परेको हो : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको पुष्टी भएको दाबी गर्नुभएको छ ।

सोमबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सेटिङमा परमादेश आएको थियो भन्ने कुरा अहिले आफू–आफूमै पोल खोलाखोल गरेर पुष्टी गरिरहेको बताउनुभयो । ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने नयाँ नजिर स्थापित भएको भन्दै यसको फल भोलि सबैले भोग्नुपर्ने चेतावनी समेत दिनुभयो ।

अदालत आफ्नै परमादेशका कारण विवादमा परेको र जनताको नजरमा गिरेको ओलीको आरोप छ । परमादेशको सरकारलाई आफूले चाहे एक सातामा ढालिदिने उहाँको दाबी थियो ।