राजनीति

मुख्यमन्त्रीलाई हामी विश्वासको मत दिन्छौं : काँग्रेस


काठमाडौँ — नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको आफू र आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेकपा एमालेले जनतामा भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझेको बताए ।

उनले सत्तारुढ गठबन्धनको बचाउ पनि गरे । गठबन्धनले संघीयता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उनको भनाइ छ । जनअभिमतलाई स्वीकार गर्न नसकेका कारण एमालेले यो अवस्था झेल्नु परेको पनि उनले बताए ।