राजनीति

आगामी रणनीति तय गर्न आन्तरिक छलफलमा न्यायाधीशहरू


काठमाडौँ — आगामी रणनीति तय गर्न सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा जुटेका छन् । बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ के गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।

न्यायालय सुधारका लागि भन्दै बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका छन् । त्यसयता सर्वोच्चमा न्यायाधीशहरूको इजलास बस्न सकेको छैन । यसका बाबजुद प्रधानन्याायधीश जबराले आजका लागि ६ इजलासमा सात मुद्दाको पेसी तोकेका छन् । पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् ।