देश

नेपाली सेनालाई भेरोसेल खोप र स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौँ – चीनकी राजदूत हाउ याङ्सीको उपस्थितिमा चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई भेरोसेल खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच राजदूत याङ्सीले प्रधानसेनापति प्रभुराम शर्मालाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

सहयोग स्वरुप प्रदान गरिएकोमा १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज कोभिड–१९ को खोप रहेको छ । कार्यक्रममा प्रधान सेनापति शर्माले उक्त सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका छन् ।

सहयोगबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिएको उनले बताए ।