राजनीति

सुरु भएनन् अझै ५ इजलास, न्यायाधीशद्वारा कारण देखाऊ आदेश


काठमाडौँ – प्रधानन्यायाधीशले आफूसहितको इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । त्यही कारण सर्वोच्चमा तोकिएका ५ इजलासमा अहिलेसम्म सुनुवाई सुरु हुन सकेको छैन ।

तर, न्यायाधीश कुमार चुडालले भने एकल इजलासमा बसेर बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरिसकेका छन् । आजै उनको प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवरासँग संयुक्त इजलास पनि रहेको छ । संयुक्त इजलास भने अहिलेसम्म सुरु भइसकेको छैन ।