राजनीति

नेपालमा ३७.३ प्रतिशतले लगाए कोभिड १९ विरुद्धको पूर्ण खोप


काठमाडौँ – नेपालमा ७४ लाख भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका छन् । ३४ हजार ७९७ जनाले कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्ममा ७४ लाख ३४ हजार ७९७ ले दुवै डोज खोप लगाउँदा ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको यो तथ्यांकलाई आधार मान्दा नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप पाएका छन् । जसमध्ये एष्ट्राजेनेका खोपको पहिलो डोज २९ लाख ६ हजार १२६ जना र दोस्रो डोज १६ लाख ८१ हजार ४२३ जनाले लगाएका हुन् । त्यस्तै भेरोसेल खोपको पहिलो डोज ५८ लाख ३० हजार ४०६ जनाले र दोस्रो डोज ४२ लाख ९ हजार ८७७ जनाले लगाएका हुन् ।

जोन्सन एण्ड जोन्सन खोप नेपालमा १५ लाख ४३ हजार ४९७ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप दिइँदैछ ।