काठमाडौँ – अमेरिकाले आजदेखि विदेशीहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । कोभिड–१९ महामारी सुरु भएपछि लागेको यात्रा प्रतिबन्ध अमेरिकाले २० महिनापछि फुकुवा गर्न लागेको हो ।
खोपको पूर्ण मात्रा लगाएका विदेशीहरुले अमेरिका प्रवेश गर्न पाउने छन् । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध वर्तमान राष्ट्रपति बाइडेन सत्तामा आएको ८ महिनापछि हट्न लागेको हो । खोपको पूर्ण मात्रा लगाए पनि परीक्षण तथा कन्ट्याक ट्रेसिङमा भने रहनु पर्नेछ ।
संक्रमण रोक्नका लागि सन् २०२० को सुरुमा अमेरिकाले चीनबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो । त्यसपछि अरु देशमा पनि प्रतिबन्ध विस्तार गरेको थियो । नयाँ नियमअनुसार विदेशी यात्रुले उड्नुपूर्व खोप लगाएको प्रमाण देखाउनु पर्ने छ ।
प्रतिक्रिया