राजनीति

बार एशोसियसनको आन्दोलनले निरन्तरता पाउने


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागसहित आन्दोलनमा रहेको नेपाल बार एशोसियसनले सोमबारदेखि विरोधका कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । महासचिव लिलामणि पौडेलले एक अनुरोध पत्रमार्फत सोमबार साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै काठमाडौँ उपत्यकामा रहेका कानून व्यवसायीलाई सहभागी हुन आह्वान गर्नुभएको छ ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्च केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनको भावी रणनीतिको लागि बारले देशभरिका एकाईका अध्यक्ष, सचिवहरूसँग आइतबार भर्चुअल छलफल गरेको थियो । परामर्श जारी नै रहेकोले सुझावको आधारमा थप विरोधका कार्यक्रम तय गरिने बारको भनाई छ ।