राजनीति

सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिनु भएको छ । ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको दावी समेत गर्नु भयो ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा ओलीले एमाले नभएको भए १७ साल आईसकेको हुने दावी समेत गर्नु भयो । एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर, अहिले एमाले भएकाले आउन नसकेको उहाँको दावी छ । अध्यक्ष ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरु चुप लागेर बसेको पनि बताउनु भयो । उहाँले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिवद्धता समेत दोहो¥याउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् बचाउ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।