राजनीति

परराष्ट्र क्षेत्र राजनीति र अराजकताबाट प्रेरित, देउवाको नेपाल पहिला नीति चर्चा सिमित (भिडियोसहित)


काठमाडौँ — नेपाल पहिला परराष्ट्र नीति सार्वजनिक गरेर चर्चामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमण चर्चापूर्ण बन्यो । भ्रमणले शिथिल बनेको नेपालको परराष्ट्र मामिलामा केहि अपेक्षकृत परिवर्तन हुन्छ कि भन्ने धेरैको आशा छ । तर नेतृत्व र नीति चर्चामा आउँदैमा तत्काल परराष्ट्र मामिलामा कायपलट सम्भव नरहेको जानकारहरुको भनाई छ ।

मुलुकभित्रको राजनीतिक संक्रमण र अस्थिरताको प्रत्यक्ष असर मुलुकको परराष्ट्र मामिला र कुटनीतिक क्षेत्रमा नपर्ने कुरै भएन । नेपाल त्यसको प्रत्यक्ष भुतmभोगी हो । मुलुकभित्र जारी राजनीतिक गतिरोध र कमजोर परराष्ट्र नीतिका कारण अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति कहिल्यै प्रभावकारी भएन । लामो राजनीतिक संघर्ष पछि जनमत प्राप्त बहुमतको केपी शर्मा ओली सरकारले नेपालको परराष्ट्र मामिला केहि लछारपाटो लगाएन । भू–राजनीतिक हिसावले संवेदनशील मानिए पनि नेपालको परराष्ट्र मामिला र कुटनीतिक क्षेत्र झनभन्दा झन् शिथिल बन्दै गयो ।

अहिले सत्ता गठबन्धन सहित कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हाली रहेका छन् । देउवाले प्रधानमन्त्री भएपछि दिल्ली पुग्नुपर्ने चलनको अन्त्य गर्दै बेलायतबाट आफ्नो विदेश यात्रा सुरु गरे । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन पुगेका देउवाले भारत, अमेरिका, बेलायत लगायतका राष्ट्र प्रमुखहरु समक्ष भेटघाट गरे । साइडलाईन वैठक समेत गरे ।

नयाँ राजनीतिक नक्साको सार्वजनिकीकरण पछि नेपालले कुटनीतिक पहल गर्न नसक्दा भारतसँगको सम्बन्धमा तिक्तता पैदा भयो । दुई तिहाई बहुमत प्राप्त ओली नेतृत्वको सरकारका लागि छिमेकी मुलुकसँगको सम्बन्ध सुधार खासै प्राथमिकतामा परेन । एमाले अध्यक्ष ओली अहिले पनि छिमेकसँग जमिन छोडेर सम्बन्ध सुधार्न नसकिने पक्षमा छन ।

देउवा सरकारको सय दिनमा पहिलो उपलब्धिमा नेपाल पहिला परराष्ट्र नीति उल्लेख गरे पश्चात कुटनीतिक क्षेत्रमा बहसको विषय बन्यो । तर अझै पनि मुलुकको कुटनीतिक क्षेत्रले फड्को मार्छ भन्ने अपेक्षा गर्न गाह्रो भएको जानकारहरुको तर्क छ । नेपालको परराष्ट्र क्षेत्र राजनीति र अराजकताबाट प्रेरित भएकाले तत्काल शिथिल बनेको परराष्ट्र मामिलामा कुनै चमत्कार नहुने जानकारहरु बताउँछन ।

देउवा र भारतीय प्रधानमन्त्रीबीच बेलायतमा साइडलाईन वैठक मात्र भएन एक अर्कालाई भ्रमणको निम्तो समेत दिएका छन । चीनसँग सीमा क्षेत्रमा रहेको समस्या समधानमा पनि सरकार संधै मौन नै छ । शतिmराष्ट्र अमेरिकासँग एमसीसीका विषयमा नेपालको कुटनीतिक प्रभावकारीता नहुँदा द्धविधा सृजना गरेको छ । यी प्रत्यक्ष सतहमा देखिएका जनचासोको विषयहरु हुन । देउवाले अघि सारेको विदेश नीतिको कार्यन्वयन भइ नतिजा आउन बाँकी नै छ । त्यसैले पनि देउवा सरकारको परराष्ट्र निति र त्यसको परिणमाबारे अहिले नै निष्कर्षमा पुग्न हतारो हुनेछ ।