राजनीति

ओलीलाई बाबुरामको चुनौती : छोरी बेलायत अध्ययन गर्न गएको प्रमाणित गर्नुस्


काठमाडौँ — पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले उडन्ते कुरा नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । भट्टराईले आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् ।

एमाले कर्णाली-काठमाडौँ सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काएका छन् ।

http://बाबुरामलाई ओलीको प्रश्न : छोरीलाई बेलायत पढाउने पैसा कहाँबाट आयो ? (भिडियोसहित)