राजनीति

बाबुरामलाई ओलीको प्रश्न : छोरीलाई बेलायत पढाउने पैसा कहाँबाट आयो ? (भिडियोसहित)


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले आफ्ना छोराछोरीलाई विदेशमा पढाएकोबारेमा प्रश्न उठाएका छन् ।

एमाले कर्णाली-काठमाडौँ सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनशक्ति पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईमाथि पनि प्रश्न गरेका छन् ।

ओलीले जनयुद्ध चलेको समयमा माओवादी नेताहरुका छोराछोरी बेलायसहितका देशमा पढेको पनि बताएका छन् ।