राजनीति

एमाले नभए १७ साल आइसक्थ्यो : केपी ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको असार २८ को फैसलालाई प्रतिगामी भनेका छन् ।

एमाले कर्णाली-काठमाडौँ सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा दोहोरिने पनि बताए ।

‘हामी नभएको भए, एमाले नभएको भए २०१७ साल अस्ति नै आइसक्थ्यो । एमाले भएकै कारण १७ साल टरेको छु, उनले भने, ‘संविधान भनेको एउटा पुस्तक हो बलजफ्ती गर्यो भने च्यात्न सकिन्छ । तर जनताको अठोट च्यात्न सकिँदैन ।’