समाचार

सल्यान दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो


काठमाडौँ — सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका(५ स्थित खारखोलामा दुर्घटना भएको हो । सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ५ जनाको ज्यान गएको हो।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।