विदेश

पटाकाको धुवाले भारतमा घातक प्रदुषण


काठमाडौँ – भारतको राजधानी नयाँदिल्ली क्षेत्रमा बढेको प्रदूषणले बालबालिका सबभन्दा बढी प्रभावित भएको पाइएको छ । नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको थियो ।
बिहीबार राति लक्ष्मीपूजा र दिपावलीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदूषणको मात्राले खतराको तह पार गरेको हो । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।