देश

हुम्लाको स्वस्थ्य चौकीमा औषधि अभाव हुँदा बिमारी समस्यामा


काठमाडौँ – हुम्लाको स्वास्थ्य चौकीमा सरकारले निःशुल्क वितरण गर्ने औषधि पनि अभाव भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको लाली स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो।

औषधि अभाव हुँदा धेरैजसो बालबालिका र ज्येष्ठ नागरिक त्यसै घर फर्किनु परेका छन् । स्वास्थ्य चौकीमा ज्वरो आएकोको औषधि पनि नहुँदा टाढादेखि उपचारका लागि पुगेका बिमारीहरु समस्यामा परेका छन् ।

दैनिक स्वास्थ्य चौकीमा १५ देखि २० जनासम्म बिरामी उपचारका लागि जाने गरेका छन् । मौसम परिवर्तन भएसँगै हुम्लाको खार्पुनाथमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।