काठमाडौँ – इराकका प्रधानमन्त्रीको मुस्तफा अल कदिमीलाई लक्षित गरी उनको निवासमा आज बिहानै ड्रोनबाट आक्रमण भएको छ । प्रधानमन्त्री कदिमीको हत्या गर्ने मनसायका साथ आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको हो ।
इराकी सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । सो आक्रमणमा प्रधानमन्त्री भने सुरक्षित रहेको जनाएको छ । उक्त आक्रमणपछि ट्विट गर्दै आफू सुरक्षित रहेको जानकारी दिएका हुन् । इराकी सेनाका अनुसार ड्रोन आक्रमणबाट प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६ जना घाइते भएका छन् ।
आफ्नो निवासमा आक्रामण भएपछि प्रधानमन्त्री त्यहाँबाट भागेका थिए । अमेरिकाले भने उक्त आक्रमणलाई आतंककारी गतिविधि भन्दै अनुसन्धानमा सहयोग गर्ने बताएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया