देश

तिहारमा कैदीबन्दीको निधार खाली


काठमाडौँ – तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन नपाएपछि कैदीबन्दीको निधार खाली भएको हो ।

यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कोरोनाको कहर अझै बाँकी नै रहेका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन नसकिएको उनले बताए ।

कारागार प्रशासनले दशैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन निषेध गरेको थियो । यद्यपि दशैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए ।