काठमाडौँ – दक्षिण कोरियाले कोरोनाका कारण २० महिनादेखि रोकिएका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । श्रम मन्त्रालयले जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत कोरिया जाने १६ वटै देशबाट कामदार लग्न लागिएको हो ।
कोरोनाका कारण लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार पुगेका छैनन् । नेपाल लगायतका केही देशबाट कमिटेड कामदार नगन्य मात्रामा आएको भएपनि लामो समयदेखि विदेशी कामदार नआउँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव रहँदै आएको छ ।
प्रतिक्रिया