राजनीति

नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्ने मन्त्री आलेको आश्वासन


काठमाडौँ – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्यपरिषद्ले गरेको स्वागत कार्यक्रममा मन्त्री आलेले कालोसूची हटाउनका लागि बेलायत सरकारसँग छलफल गरेको र त्यसमा सकारात्मक जवाफ पाएको बताउनुभयो ।

बेलायत युरोपेली संघबाट बाहिरिइसकेकाले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई सेवा सुरु गर्न नेपाल सरकारले वेलायत सरकारलाइ आग्रह गरेको उहाले जानकारी गराउनुभयो । यसअघि स्कटल्याण्ड राज्यपरिषद्ले केही दिन अघि कोप २६ मा भाग लिन पुग्नु प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सिधा उडानका लागि ध्यानाकर्षण पत्र दिएको थियो ।