समाचार

भाइटीकाको दिन मात्र किन खुल्छ बालगोपालेश्वर मन्दिर ?


काठमाडौँ — काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सदा झै यो वर्ष पनि भाइटीका लगाइएको छ । हरेक वर्ष भाईटिकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर परिसरमा आफ्नो दिदी बहिनी नभएका सर्वसाधरणले भाइटिका ग्रहण गर्ने पुरानो चलन छ ।

आज हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन भाईटिका । दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टिका लगाईदिने भएकाले यस दिनलाई भाईटिका भनिएको हो । दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना अनि दाजुभाई दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाईराख्ने आम विश्वास छ ।

आजको दिन दिदी बहिनी हुनेले आफ्नो दिदी बहिनीको हातबाट भाईटिका लगाउने गर्दछन् भने आफ्नो दिदीबहिनी नहुनेहरुले सम्भव भएसम्म काठमाडौको रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाउँदै आएका छन ।

भाईटिकाको दिन मात्र खुल्ने रानीपोखरी २०७२ को महाभुकम्पले भत्काए पछि झन्डै पाँच वर्ष सुनसान रह्यो । पुननिर्माण सम्पन्न भएपछि गत वर्षबाट पुन खुला गरिएको हो । गत वर्ष कोरोना महामारीका कारण खासै रौनकता नभएको रानीपोखरी बालगोपालेश्वर मन्दिर परिसरमा यो वर्ष विहानैदेखि टिका लगाउनेहरुकोे घुइचो थियो ।
पज..
काठमाडौ जमलकी सन्जु कपाली यो वर्ष मन्दिरमा आउनेहरुलाई टिका लगाउने पालो परेकाले घरमा रहेका आफ्नो भाईलाई बेलुका टिका लगाउने निधो सहित विहान ६ बजे नै मन्दिर पुगिन् । उनी बेलुका ५ वजेसम्म यहाँ बसेर भाईटिका लगाउन आउने जो कोहिलाई टिका लगाइदिएकी छिन् । उनी विगत ८ वर्षदेखि यहाँ आउने दाजुभाई दिदी बहिनीलाई समेत टिका लगाउँदै आएकी छिन ।

सन्जु कपाली जस्तै अनु कपाली पनि विभिन्न कारणले टिका लगाउन नपाएका दाजुभाईहरुलाई टिका लगाउँदै आएका छन । अन्जान दाजुभाईहरुलाई मन्दिर परिसरमा बसेर टिका लगाउन पाउँदा उनी खुशी व्यतm गर्छिन । आफ्नो दिदी बहिनी नभए पनि मन्दिर परिसरमा नै दिदी बहिनीबाट भाईटिका लगाउन पाउँदा सर्वसाधरण हर्षित छन् ।

दिदीबहिनी र दाजुभाइ नहुने मात्रै नभएर भएर पनि विविध कारण घर जान नपाएकाहरुले पनि रानीपोखरीमै पुगेर टीका लगाएका छन् । यहाँ टीका लगाउन पाउँदा दाजुभाइ पनि खुशी देखिए । भाइटीका लामो समयसम्म भेटघाट नभएका दाजुभाई दिदीबहिनी सहित परिवारका सदस्यहरु भेटघाट हुने अवसर समेत हो ।